झापा-
यही कात्तिक ९ गतेका लागि तय गरिएको नेकपा एमालेको बिर्तामोड नगर अधिवेशनमा नगर अध्यक्ष पदका लागि ९ जना आकांक्षी देखिएका छन् । एउटा नगर अध्यक्ष पदका लागि यति धेरै आकांक्षी देखिएपछि निर्वाचन समितिको सर्वसम्मत गराउने प्रयास कठिन हुने देखिएको छ । एमालेको बिर्तामोड नगर अध्यक्ष पदका लागि सुवास भट्टराई , नगेन्द्रप्रसाद संग्रौला , उमानाथ ओली , नन्दलाल खरेल , भिष्मराज खरेल ,कृष्णप्रसाद मिश्र , मोहन शिवाकोटी , शेखर कँडेल र दुर्गाप्रसाद सिग्देल आकांक्षी देखिएका हुन् । निर्वाचन समितिले सर्वसम्मत गराउनका लागि बिहीबार पहिलो पटक ती सबै आकांक्षीहरुलाई बोलाएर छलफल गराएको थियो छलफलमा ती ९ जना नै उपस्थित थिए । ‘एउटा पदका लागि ९ जना आकांक्षी देखिएपछि सहमतिका लागि छलफल राखेका थियौं ’ निर्वाचन समितिका संयोजक रोमणि भट्टराईले भने ।
-प्रतिदिनदैनिकबाट
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१