झापा-
झापाको कनकाई नगरपालिका १ मा करेन्ट लागेर एक जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा सोहि ठाउँका वर्ष ५० का बेनुप्रसाद उप्रेती रहेका छन् । घर नजिकै पशुपति प्राबी पश्चिममा रहेकोे सानो खोल्सिमा सोमबार साँझ माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको छिमेकी तथा स्थानीय प्रजापति युवा क्लब्का अध्यक्ष दिपेश रिमालले जानकारी दिए ।