झापा-
मोटरसाइकल चोरीमा संलग्न थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम पशुपति नगरपालिका वडा न.३ बस्ने २५ वर्षिय पासाङ तामाङ रहेका छन् ।
मंगलवार राति ईलाम रोङ गाउँपालिका ३ कुटिडाँडाका रोहित राईको नाममा रहेको मे ९ प ५२१० नं. को कालो कलरको १५० सिसिको पल्सर मोरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको ठाउँबाट चोरी भएको थियो । त्यस घटनाको खबर प्रहरी चौकी हर्कटे ईलाममार्फत जिल्ला प्रहरी कार्यालय झापालाई गरिएको थियो ।
चोरी भएको मोटरसाइकलको हुलियासहितको खबर मातहत प्रहरी युनिटहरुमा सर्कुलेशन गरी उक्त मोटरसाइकलको खोजतलाश गर्ने क्रममा बुधवार बिहान ९.३० बजे बुद्धशान्ति ३ स्थित बुद्ध चोकमा तामाङले उक्त मोटरसाइकल डोर्याईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामलाई बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि झापामा मोरसाइकल चोरी गर्दैगर्दा तीनजना पक्राउ परेका थिए ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१