1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २९ आइतबार

झापामा ब्राउनसुगरसहित ३ जना पक्राउ



झापा-

झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक युवती पनि रहेकी छन् । आज साँझ ६.३० बजे बुद्धशान्ति ३ बेलचोकस्थित बाबा राईको घरमा डेरा गरी बस्ने दिपक तामाङले कोठाभित्र ब्राउनसुगरको कारोबार गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा संखुवासभा चैनपुर ११ बस्ने ३० वर्षिय दिपक तामाङ, सोही ठाउँका २८ वर्षिय रोशन तामाङ र पाँचथर फिदिम ४ बस्ने १९ वर्षिया संगीता तामाङलाई ४ ग्राम ३०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई थप अनुसन्धान भईरहेको र झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर