अच्युत सुबेदी, झापा
बढ्दो असुरक्षालाई मध्यनजर गर्दै झापाको बिर्तामोड नगरपालिका ८ गरामनी बजार लगायत आसपास सडकमा सिसि टीभि क्यामेरा जडानका लागी स्थलगत अवलोकन गरिएको छ ।
वाड अध्यक्ष अजय कार्की, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोस आचार्य, गरामनी बजार व्यवस्थापन समिती अध्यक्ष जीवन कार्की, सचिव रोहित ओली लगायत प्राबिधिक र स्थानियको टोलीले बिहिबार गरामनी बजार र सडकको अवलोकन गरेको हो ।
लागुपदार्थको सेवन र कारोबार, सडक असुरक्षा, चोरी लगायतका कार्यलाई निर्मुल गर्न पनि क्यामेरा आवश्यक परेको वार्ड अध्यक्ष कार्कीले बताएका छन् ।