अच्युत सुबेदी, झापा
झापाको बिर्तामोड ३ स्थित एमकेके ग्रुपले आफ्नो पहलमा एम्बुलेन्स खरिद गरि यो वर्ष भित्र सञ्चालनमा ल्याउने योजना बनाएको छ । ग्रुपको पाँचौ साधारण सभामार्पmत एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यो सँगै संस्थाले गौतम बुद्वको मुर्ती निर्माण गरि बिर्तामोड आँखा अस्पताल अगाडी स्थापना गर्ने र बिर्तामोड आँखा अस्पताल शैनिकमोडको अगाडी स्मार्ट चौतारो निर्माण गर्ने समेत निर्णय गरेको छ ।
साधारण सभा मार्पmत ग्रुपले अध्यक्षमा पुनः आकाश उप्रेतीलाई चयन चयन गरेको छ । ३१ सदस्यीय समितिको उपाध्यक्षमा प्रकाश उप्रेती, ज्ञानु खरेल, सचिवमा विज्ञान पौडेल, सहसचिव अनुप प्रसाई, कोषाध्यक्ष सुदीप भट्टराई र सहकोषाध्यक्षमा सुनिता काफ्ले चयन भएका छन्् ।
ग्रुपले संस्थाको कामलाई चुस्त दुरुस्त बनाउन बिभिन्न उपसमिती समत बनाएको छ । साधारण सभा मार्पmत ग्रुपले साहित्य तथा संगीत उपसमितीको संयोजकमा बिबेक निसानी, प्राविधिक उपसमितीको संयोजकमा पुस्कर घिमिरे, खेलकुद उपसमितीको संयोजकमा बिकि सिटौला, सल्लाहकार उपसमितीको संयोजकमा दिपक मित्तल र संचार उपसमितिको संयोजकमा पारस तिम्सिनालाई नियुक्त गरेको छ । त्यसैगरी कैलाश प्रसाईलाई संरक्षकमा मनोनयन गरेको जनाइएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१