अच्युत सुबेदी, झापा
आज माघेसक्रान्ती देश भर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । यो चार्ड बिशेष मगर समुदायले मनाउने गरेका छन् । माघे सक्रान्ती पर्वको अवसर पारेर नेपाल मगर संघ बिर्तामोड नगर कमिटिले बिर्तामोड ९ मा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल मगर संघ बिर्तामोड नगर कमिटिका अध्यक्ष रणबहादुर मगरको सभापतित्व तथा प्रदेश १ का सचिव शिरन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य एकराज कार्की, बिर्तामोड नगरपालिका ९ का अध्यक्ष पबित्रा पाठक लगायतको उपस्थिती रहेको थियो ।
आदिवासी जनजाति समुदायहरूमध्ये सबैभन्दा ठूलो समुदाय मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउने गरेका छन् । मगरहरूको आफ्नै विशिष्ट भाषा, संस्कृति, संस्कार र इतिहास भएको र भाषाको हिसाबले बाह्र मगरात, अठार मगरात र काइकेई मगर भाषा बोल्ने गरेको अध्यक्ष रणबहादुर मगरले जानकारी दिनुभयो । उहाँले मगरहरू प्रकृतिपूजक रहेको र माघे संक्रान्ति पर्व पनि एउटा प्रकृति पुज्ने अवसरको रूपमा लिने गरेको उहाँले जनकारी दिनुभयो ।
बिभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन नेपाल मगर संघ बिर्तामोड नगर कमिटिका उपाध्यक्ष कर्ण मगरले गर्नुैभएको थियो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१