1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

राष्ट्रीय युवा संघ नेपालद्वारा बिर्तामोड ७ मा रक्तदान कार्यक्रम सम्पन्न



झापा –

राष्ट्रीय युवा संघ नेपाल बिर्तामोड ७ नम्बर वडा कमिटिको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राबिधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५ जना महिला सहित ४० जनाले रक्तदान गरेका छन ।

वडा नम्बर ७ को जेष्ठ नागरिक भवनमा आयोजना गरिएको कार्यक्रममा युवा संघका १० वटै वडा कमिटिका सदस्यहरुको सहभागिता रहेको थियो ।

देश कोरोना संक्रमणबाट ग्रसित भएर बिस्तारै सुधार हुँदै गएको अवस्थामा रगतको अभाव नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका नगर कमिटी सदस्य गणेश कोइरालाले जानकारी दिनुभयो ।

रक्तदान गर्ने युवालाई प्रमाणपत्र दिदै कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य एकराज कार्किले कसैको जीवन बचाउन युवाहरुले गरेका यस्ता कार्यको प्रसंसा गर्नुभयो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment