1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक प्रशिक्षण



  झापा ।  खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिवसिय प्रशिक्षण शनिवार झापाको कनकाई १ दुर्गापुरमा शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र कनकाई नगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा जिल्लका ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रशिक्षणको उद्घाटन गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षणमा खोजपत्रकार तथा सम्पादक मोहन मैनालीले प्रशिक्षण दिइरहेका छन् ।
नगर प्रमुख पोखरेलले समाचार खोजमूलक र तथ्यैखाले पूर्ण हुनु पर्नेमा जोड दिए । समाचार खोज गर्दा र लेख्दा पत्रकार राजनीतिक आस्था तथा सबपूर्वाग्रहबाट मुक्त हुनुपर्ने उनले बताए ।
नगर उपप्रमुख मञ्जु दाहाल प्रसाईले पत्रकारले मिथ्या सूचना सम्प्रेषण गर्न नहुने र त्यसबाट बच्नु पर्ने बताइन् ।
प्रशिक्षक मैनालीले वर्तमानमा पत्रकारितामा मिथ्या सूचना चुनौति बनेको बताए । उनले खोजमुलक र तथ्यपूर्ण पत्रकारिता गर्नु पत्रकारको कर्तब्य भएको बताए । उनले प्रोएक्टिभ जर्नालिज्ममा जोड दिए ।
महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको प्रशिक्षण उद्घाटनको कार्यक्रम सञ्चालन सचिव डिकेश लामाले गरेका थिए । उक्त अवसरमा प्रशिक्षक मैनालीलाई महासंघ झापाको तर्फबाट कदर पत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि पोखरेल, महासंघका अध्यक्ष गिरी र नगर उपप्रमुख प्रसाईले संयुक्त रुपमा मैनालीलाई कदरपत्र प्रदान गरेको महासंघका सहसचिव अर्जुन राजवंशीले जानकारी दिए ।
Comment