1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

मेचीनगरको मेचे गाउँका स्थानीय भन्छन् ‘हाम्रो दुःख बिसाउने पार्टी एमाले नै हो’



मेचीनगर । चुनाव अभियानका क्रममा एमाले मेचीनगरका मेयर र उमेयरका उम्मेद्वार मंगलबार मेचीनगरको वडा नं. ९ स्थित मेचे गाउँमा पुग्दा स्थानीयवासीमा उत्साहका साथै सन्तोषको आशा पलाएको देखिन्थ्यो ।

आफूले विगतमा भोगेका दुःखबाट पार पाउन अनि विकासको मूल फुटाउन एमालेको प्रतिवद्धतामा स्थानीयले ‘होस्टेमा हैँसे’ गर्ने बताए ।

एमाले मेचीनगरका मेयर पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी र उपमेयरका उम्मेद्वार मीना पोखरेल उप्रेतीसहितको टोली मेचे गाउँ पुग्दा स्थानीयवासीले मुक्तकण्ठले स्वागत गरेका थिए ।

सोही वडाका नेपाली काँग्रेसका वडा सदस्य देउमान थेगिङले आफ्नो विगतको पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् ।

उनलाई एमालेको तर्फबाट उपस्थित सहभागीहरुले खादा ओढाएर एमालेमा स्वागत गरेका थिए ।

चुनावी अभियानका क्रममा आज टोलीले लीला बस्तीको दुर्गा मन्दिर, थोप्लेबिरानको बालुवाटार रिङरोडको मागुरमाडी सिरान, तिनतिरे चोक र मेचे डाँगीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

 

Comment