1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ चैत्र २८ शुकर्बार

समुदाय स्तरका समस्या समाधानलाई पहिलो प्राथमिकता दिने बलदेवको प्रतिबद्धता  



अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले समुदाय स्तरमा देखिएको समस्या समाधान आफ्नो पहिलो प्रथमिकता हुने बताउनु भएको छ ।

चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा ३ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले समुदाय स्तरमा देखिएको समस्याहरुको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताउनु भएको हो ।

गोमदेनले ३ नम्बर वडामा देखिएको हात्ति आतंक बाटो स्तरोन्नती, नदि नियन्त्रण, कृषीमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य लगायतका बिषयलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको हो ।

३ नम्बर वडाको बुढी सुखानी, जुकेखाडी, अमलडाँगी र शान्ति चोकमा भएको कोणसभामा स्थानीय जनताहरुले राखेको बिभिन्न समस्या र गुनासोको सम्बोधन गर्दै मेयर पदका प्रत्यासी गोमदेनले समुदाय स्तरमा हालै देखिएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता हुने प्रतिबद्धता जनाउनु भएको हो ।

कार्यक्रममा ३ नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार हरि वाग्ले, उपमेयर पदकी उम्मेदवार खडगमाया पराजुली र एमाले झापा जिल्ला उपाध्यक्ष तथा संबिधानसभा सदस्य प्रेम गिरि लगायतका नेताहरुले नेकपा एमालेलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गर्नुभएको थियो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment