1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ८ सोमबार

अर्जुनधारामा विकासको लहर ल्याउछु – मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ



अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बन्नु भएका बलदेव गोम्देन तामाङले आफुहरुको जित सुनिश्चित रहेको बताउनु भएको छ ।

अर्जुनधाराको २ नम्बर वडामा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको चुनावी माहोल जित तिर लम्किरहेकाले आफुहरुको जित निश्चित भएको बताउनुभएको हो ।

गोम्देनले आफुहरुको जितसंगै अर्जुनधारामा विकासको लहर ल्याउनले बताउनुभयो ।

उहाँले अर्जुनधारालाई समृद्ध र नमुना नगर बनाउनकालागि एमालेको बिकल्प नरहेको दावी गर्नुभयो ।

आफु नेतृत्वको जनप्रतिनिधिले विजयभए पश्चात हरगाउँ हरठाउँमा समान समाबेशी बिकासको योजना ल्याउने बताउनुभयो ।

चुनावी अभियान अन्र्तगत अर्जुनधाराको २ नम्बर वडाका बिभिन्न स्थानमा भएका कोणसभामा उपमेयर पदकी उम्मेदवार खड्गमामा पराजुलीले पनि अर्जुनधाराको विकासकालागि नेकपा एमालेका उम्मेदवारहरुको विकल्प नरहेको बताउनु भएको थियो ।

चुनावी अभियानका क्रममा २ नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार तुलसी खतिवडा, सदस्य पदका उम्मेदवारहरु प्रेम उपरकोटी, शर्मिला सुब्बा, बल बहादुर समाल र विमला रोक्काले पनि जनता समक्ष आफुहरुलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराइदिन आग्रह गर्नुभएको थियो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment