बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोड नगरपालिका २ का वडाअध्यक्षका उम्मेद्वार किशोर पौडेलले आफूले जितेपछि युवा र बृद्वबृद्वाहरुका लागि लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको छ ।
स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा पौडेलले यीसँगै अन्य धेरै बिकासे योजनाका साथमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहनु भएको छ ।
यस अघिको कार्यकालमा वडा सदस्यको रुपमा काम गरिसक्नु भएका पौडेलले २०७४ सालको निर्वाचन पछि बिकास र सुशासनको काम सुरु भएकोले यसको निरन्तरताका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनु भयो ।
युवा रोजगार, दिगो विकास र शुसासनको अभियानलाई निरन्तरता दिन जनताले अत्यधिक मत दिनेमा आफु ढुक्क रहेको पनि उहाँको दावी छ ।वडा नम्बर २ मा कुल ७ हजार २ सय मतदाताको संख्या रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१