बिर्तामोड । नेकपा माओवादी केन्द्रको भातृसंगठन राष्ट्रिय कर्मचारी संगठन दुग्ध विकास संस्थानका केन्द्रिय सदस्य ओमकार खरेल नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ निवासी खरेल शुक्रवार एमालेमा प्रवेश गर्नु भएको हो ।
संस्थान राष्ट्रिय समितिको केन्द्रिय सदस्यसमेत रहनु भएका खरेल वडा नम्बर ७ मा आयोजना गरीएको चुनावी प्रचार अभियान अन्तर्गतको कार्यक्रममा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गर्नु भएको हो ।
खरेलले मुलुक अब माओवादी केन्द्रबाट सञ्चालन हुन नसक्ने र जनताको पार्टी नेकपा एमालेमात्र भएकोले पार्टी परित्याग गरि एमाले प्रवेश गरेको बताउनु भयो ।
उहाँले जसको विरुद्वमा संघर्ष गरियो उसैसंग घाँटी जोड्नु दुखद रहेको भन्दै माओवादी केन्द्रको मुलुकमा कुनै अस्तित्व नरहेको धारणा राख्नु भयो ।
खरेललाई राष्ट्रिय सभाका पुर्वसदस्य हरिचरण शिवाकोटी,प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल,प्रदेश सांसद एकराज कार्की,नेकपा एमाले बिर्तामोड नगरकमिटिका इञ्चार्ज देवराज कार्कीले नेकपा एमालेमा स्वागत गर्नु भयो ।
स्थानीय तहको निर्वाचन नजिकिएसंगै अन्य पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ ।