बिर्तामोड । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनको टीम बिर्तामोडमा विजयी हुने माहोल देखेपछि विपक्षी आत्तिएको गठबन्धनको तर्फबाट नगरप्रमुखका उम्मेदवार भोजराज सिटौलाले बताए ।
चुनावी कोणसभाको क्रममा बिर्तामोड वडा नम्बर १ मा आज सोमबार भएको कार्यक्रममा बोल्दै गठबन्धनको माहोल देखेर विपक्षीहरु आत्तिएको बताएका हुन् ।
गठबन्धनको माहोल देखेर आत्तिएको विपक्षीले फलानोलाई हराउँछु भन्न थालेको उनले बताए । ‘अरुलाई हराउँछु हैन आफु जित्छु भनेर हिड्ने हो,’ उनले भने ।
यसपटको निर्वाचन गठबन्धनले जित्ने सिटौलाले जिकिर गरे । निवर्तमान जनप्रतिनिधीले गरेको बेइमानीका कारण जनताले यस पटक गठबन्धनलाई मत दिन आतुर रहेको सिटौलाको भनाई थियो ।
‘मेयर उपमेयरको विवादले कतिपय बैठक स्थगित भयो,’ उनले भने,‘प्रवक्ताले त झन् कहिले कुनै योजना नै राख्नु भएन ।’ अहिले आएर ठूला नेताहरु जनप्रतिनिधीले गरेको हिजोको गल्तीको साक्षी बस्न थालेको बताए ।
त्यस्तै उपप्रमुख पदका उम्मेदवार सिपी कडरियाले बिर्तामोडको समृद्धिका लागि गठबन्धनको अवधारणा काफी रहेको बताए । बिर्तामोडमा त्यस्तो ठूलो समस्या नभएपनि समस्यालाई हाउगुजी बनाइएको बताए ।
बिर्तामोडको फोहोरलाई ठूलो समस्याको रुपमा लिइएपनि त्यसलाई मोहरमा बदल्ने योजना आफुहरुसँग रहेको बताए । ‘फोहोर जहाँ खुल्ला देख्यो त्यहाँ लग्यो फ्याँक्यो तर त्यसलाई मोहरमा बदल्ने सोँच नै बनेन,’ उनले भने ।
वडाध्यक्ष पदका उम्मेदवार बलराम कार्कीले यस अघिका जनप्रतिनिधी वडाबासीको सेवक हैन मालिक बनेको आरोप लगाए ।
वडाबासीलाई विकासमा विभेद गरिएको बताउँदै कार्कीले निर्माण सामाग्री खरिदमा एकाधिकार कायम गरिएको बताए । फेरिपनि त्यहि जनप्रतिनिधी निर्वाचित भएमा जनताका घरजग्गाको सुरक्षा हुन नसक्ने कार्कीले बताए ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१