1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २३ मंगलबार

‘ मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षीत र व्यवस्थीत बनाउने छु’ – गोम्देन



अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरापालिकाका मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षीत र व्यवस्थीत बनाइने बताउनु भएको छ ।

अर्जुनधारा २ मा आयोजित चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा भोर्लेनी तथा खाल बस्तीका स्थानीय जनताले मदन भण्डारी राजमार्गका कारण आफुहरु बिस्थापित हुने अवस्था सिर्जना भएको गुनासो राखेपछि मेयर पदका उम्मेदवार गोम्देनले बस्तीलाई असर नपर्नेगरि राजमार्गको निर्माणका लागि आफुले पहल गर्ने बताउनु भयो ।

उहाँले बन क्षेत्रसंग नजिक भएको बस्ती रहेकाले पनि बस्ती र बन दुवैको संरक्षण हुनेगरि निर्माण आयोजनासंग समन्वय गरेर राजमार्गको निर्माण र व्यवस्थापन गर्ने कुरामा भुमिका खेल्ने बताउनु भयो ।

निर्माणधिन मदनभण्डारी राजमार्ग इलामको माईनगरपालिकाबाट अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडाको किही स्थान हुँदै २ नम्बर वडाको भोर्लेनी, खाल, बेलटार, गाँजाबारी, राते बस्ती हुँदै इलामको रोङ गाउँपालिका प्रवेश गर्ने छ ।

आयोजना अन्र्तगत अहिले अर्जुनधाराको २ नम्बर वडाका टाङटिङ र गोयाङ नदिमा पुल निर्माणको काम अन्तिम चरणमा रहेको छ ।

 

यस्तै, तामाङले प्राबिधिक र प्रबिधिको अधित्तम प्रयोग गरेर अर्जुनधारामा कृषीमा क्रान्ति ल्याउने बताउनु भएको छ ।

२ नम्बर वडामा आज आयोजित चुनावी घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार गोम्देनले कृषीको क्षेत्रमा प्रचुर सम्भावना भएको अर्जुनधारालाई कृषी क्रान्तिबाट समृद्ध बनाउन सकिने प्रर्याप्त आधारहरु रहेको बताउनु भयो ।

उहाँले आफु नेतृत्वको टीम विजयी भए पश्चात कृषी क्षेत्रमा देखिएको सिचाईको समस्यालाई पहिलो प्राथमिकता दिएर समाधान गर्ने बताउनु भयो ।

निर्वाहमुखी कृषी प्रणालीलाई विस्थापीत गर्दै व्यवसायीक कृषीलाई जोड दिएर नगरपालिकाका हरेका कृषकहरुलाई स्थानीय सरकारले प्रबिधि मैत्री बनाउने आफुहरुको लक्ष्य रहेको उहाँले बताउनु भयो ।

सम्बोधनका क्रममा नगर प्रमुख पदका उम्मेदवार गोम्देनले जनताले राखेको बिभिन्न समस्या तथा गुनासोहरुको हल गर्ने प्रतिबद्धता राख्नु भएको थियो ।

 

Comment