1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

बिर्तामोडमा फ्री वाइफाई



बिर्तामोड । पुर्वेली मजदुर यातायात प्र्रा.ली र भायोनेट नेटर्वकको संयुतm पहलमा बिर्तामोडका बिभिन्न चोकमा निशुल्क वाईफाई जडान गरीएको छ ।

नेपाल लगायत, भारतका बिभिन्न ठाउँबाट आउने आन्तुकहरुलाई प्रविधिमैत्रि बनाउने अभियान अन्तरगत पहिलो चरणको कार्यक्रम सुरु गरीएको पुर्वेली मजदुर यातायात प्र्रा.ली.का सचिव गणेश कोइरालाले जानकारी दिनु भयो ।

पहिलो चरणमा विर्तामोडको मेची आखाँ अस्पताल, विर्ताबजार स्थित दुर्गा मन्दिर र शैनिक मोडमा वाइफाई जडान गरीएको जनाइएको छ ।

हरेक टेम्पुमा क्यु. आर. कोड प्रयोगमा ल्याई स्वदेशी तथा विदेशी यात्रुलाई भाडा तिर्न सहज बनाउन यो अभियान सुरु गरीएको प्र्रा.ली.का अध्यक्ष हरीप्रसाद बास्कोटाले बताउनु भयो ।

करीव ३८ हजार रुपैयाँ खर्च आउने र ५ बर्षको खर्चको ब्यवस्थापन समेत गरीसकेको उहाँले जानकारी दिनु भयो ।

बिर्तामोड नगरपालिका र स्थानिय सरकारसँग सहजीकरण र सहयोग लिएर बिर्तामोडमा हरेक चोकलाई फ्री वाईफाईमय बनाउने अभियानमा जुटेको प्र्रा.ली.ले जनाएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment