1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

किसान सुचिकरण सहजकर्ता तालिम बिर्तामोडमा सम्पन्न



झापा । किसान सुचिकरण सहजकर्ता तालिम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको कृषि पशुपंछि तथा मत्स्य विकास शाखाले मंगलबार देखि आयोजना गरेको २ दिने तालिम सम्पन्न भएको हो । तालिममा १० जनाको सहभागिता रहेको थियो । तालिम लिएकाहरुले बिहीबार देखि कृषकको घर घरमा गएर तथ्याङ्क संकलन गर्ने नगगरपालिकाको कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले जानकारी दिनु भयो ।
बिर्तामोडमा पहिलो चरणमा वडा नम्बर ३ र ७ का तिन हजार दुई सय घरमा पुगेर कृषकको तथ्याङ्क संकलन गर्न लागिएको हो । संघिय सरकारको सशर्त अनुदान अन्तर्गत रहेको यस कार्यक्रममा सुचिकृत भएका कृषकहरुलाई परिचय कार्ड वितरण गरीने र त्यसैका आधारमा सेवा सुविधा उपलव्ध गराउने सरकारको योजना अनुसार बिर्तामोडमा काम अघि बढाइएको हो ।
झापाका कमल र वुद्वशान्ति गाउँपालिकामा यो कार्यक्रम सम्पन्न भइसकेको छ भने दमक नगरपालिका र कचनकवल गाउँपालिकामा चाँडै सुरु हुने कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । बिर्तामोडका २ वटा वडामा आगामि असार १५ गतेसम्ममा तथ्याङ्क संकलनको काम सकिने पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले बताउनु भयो ।

कृषिज्ञान केन्द्र झापाका वागवानि विकास अधिकृत तथा यस कार्यक्रमका फोकल पर्सन अंकित भट्टराईले तालिमको सहजिकरण गर्नु भएको थियो । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नु भएको थियो । शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायतको उपस्थिति रहेको थियो ।

Comment