1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम



झापा । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम आजदेखि शुरु भएको छ । व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा,गुनासो दर्ता,घटना दर्ता शिविर तथा स्थानिय सरकार सञ्चालन सम्वन्धि तालिम शुरु भएको हो । गत मंगलबार बसेको कार्यपालिका बैठकले निर्णय गरेअनुसार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई तालिमको आयोजना गरीएको हो । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नु भयो ।
तालिममा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सिना, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने र विषयविज्ञ विजय तिम्सिनाले सहजीकरण गर्दै हुनुहुन्छ । शुक्रवारसम्म चल्ने तालिममा उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलासहित वडाध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment