झापा । बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु भएको छ ।
वडा नम्बर १ को किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले निस्सा प्रदान गरेर शिविरको उद्घाटन गर्नु भयो ।
वडाध्यक्ष अग्नीप्रसाद पाण्डेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विवाह दर्ता र वसाईसराईको निस्सा वितरण गरीएको थियो ।
चन्द्रप्रसाद ढकाल र निशा खड्काको विवाह दर्ता र ओमबहादुर लिम्बुको वसाईसराईको सूचना फारमको निस्सा प्रमुख प्रशासकिय अधिकृत न्यौपाने र वडाध्यक्ष पाण्डेले संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले राज्यले आफ्ना नागरिकहरुको अवस्था बुझ्न र अभिलेख राख्नका लागि यो दर्ता शिविरको आयोजना गरेकोले आवश्यक सबैले लाभलिन आग्रह गर्नु भयो ।
आफ्ना घर गाउँमै अभियान आएकोले आफु गर्न र अरुलाई पनि खबर गर्न आवश्यक रहेको भन्दै उहाँले कोहि पनि सेवाबाट छुट्न नहुनेमा जोड दिनु भयो ।
यस्तै कार्यक्रममा बोल्लै वडाध्यक्ष अग्निप्रसाद पाण्डेले उपलव्धीमुलक अभियानकारुपमा शिविरको आयोजना गरीएकोले सबैले घटना दर्ता गर्न आग्रह गर्नु भयो ।
शिविरमा व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा भक्ता दर्ता र गुनासो समेत दर्ता गर्न सकिने छ ।
शिविर असार १५ गतेसम्म तालिका अनुसार नगरका सबै वडामा सञ्चालन हुने छ ।
प्रत्येक वडाका विभिन्न स्थानमा ३ दिनसम्म शिविर सञ्चालन हुने र वडा नम्बर १मा जेष्ठ २५,२६ र २७ गतेसम्म अतिथि सदन,सूर्यनगर कालिमन्दिर र किरात याक्थुङ चुम्लुङको कार्यालयमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१