1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २९ आइतबार

आवधिक योजना निर्माण गर्दै सकियो बिर्तामोडको कार्यशाला गोष्ठी



बिर्तामोड ।  आवधिक नगरपालिका विकास योजना दिर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकिकरण कार्यशाला गोष्ठी बिर्तामोडमा सम्पन्न भएको छ ।
गत बुधबार देखि प्रदेश प्रशिक्षण केन्द्र कलवलगुडीसंगको साझेदारीमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको कार्यशाला गोष्ठी ५बर्षे आवधिक योजना निर्माण गर्दै शुक्रवार सम्पन्न भएको हो । पाथ–वे नेपाल प्रा.लि इटहरी सुनसरीको प्राविधिक सहयोग रहेको यस गोष्ठीमा नगरप्रमुख,उपप्रमुख प्रमुख प्रशासकिय अधिकृत सहित वडाध्यक्ष,कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । गोष्ठीलाई विषय विज्ञ तारा निरौलाले सहजिकरण गर्नु भएको थियो ।

३ दिनसम्म सञ्चालित गोष्ठीमा जनप्रतिनिधि र कर्मचारीको छुट्टाछुट्टै ५ वटा समुह बनाएर विषय वस्तुमा केन्द्रित छलफल गरीएको छ । पूर्वाधार विकास,वन तथा वातावरण विपद व्यवस्थापन,संस्थागत विकास तथा सशासन,आर्थिक विकास र सामाजिक विकासका विषयमा छलफल गरि आवधिक योजना निर्माण गरीएको हो । गुरु योजना तर्जुमाको लागि छलफलमा उठेका विषयलाई सुझाव तथा विषयगत योजनाकारुपमा पूर्वाधार विकास तर्फ नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, वन तथा वातावरण विपद व्यवस्थापन तर्फ राजश्व शाखा प्रमुख पदमराज घिमिरे,संस्थागत विकास तथा सशासन तर्फ न्यायिक समितिकी उजुरी प्रशासक टिका लामिछाने,आर्थिक विकास तर्फ कृषिशाखा प्रमुख राजेन्द्र प्रसाद कडरिया र सामाजिक विकास तर्फ शिक्षा शाखा प्रमुख तिलचन भण्डारी प्रस्तुत गर्नु भएको थियो ।

दिर्घकालिन सोच,लक्ष्य र उदेश्य निर्धारण गर्न बनेको बिर्तामोड नगरपाकिाको ५बर्षे आवधिक योजना यस प्रकार छन् ।

स्वास्थ्य :
क) चिकित्साशास्त्र अध्ययन गर्न मेडिकल कलेजको स्थापनाको लागि उपयुक्त वातावरण तयार गरी निजि क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।
ख) क्यान्सर, किड्नी, आँखा, स्पाइनलकर्ड इन्जुरी,ब्रेन,ग्यस्ट्रो, जस्ता सेवा उपलब्ध भएका अस्पतालहरु स्थापना गर्न प्रोत्साहित गरिने छ ।
ग) जेष्ठ नागरिक तथा अपाङ्ग नागरिकहरुलाई नियमितरुपमा स्वास्थ्य परिक्षण तथा उपचारको लागि होमडेलीभरी सेवा सञ्चालन भएको हुनेछ । यसका लागि बिशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य कृटिकल केयर एम्वुलेन्स सेवा सञ्चालन गरिनेछ ।
घ) आर्थिकरुपमा पछाडी परेका समुदायको पहुँचमा सबै स्वास्थ्य सेवाहरु पुगेका हुनेछन् ।
ङ) बाल मृत्युदर प्रति हजारमा २५ जना,शिशु मृत्यृदर जिवित जन्ममा प्रति हजारमा १४ जना, मातृ मृत्यु दर प्रतिलाखमा १८० मा कायम राख्ने ।
च) बहुक्षेत्रिय पोषणको आवधारणालाई सवै नागरीकसँग आवद्ध गराई स्वास्थ्य समाज निर्माण गर्ने ।

शिक्षा :
क) ९० प्रतिशत भन्दा बढी जनसंख्या उच्च शिक्षा हाँसिल गरेका हुनेछन् ।
ख) ५ वर्षमा माध्यमिक तह सम्मको शिक्षा पुर्णतः नि-शुल्क हुनेछ ।
ग) प्राविधिक शिक्षा (इन्जिनियर होटल म्यानेजमेन्ट,पर्यटन, कृषि, पशु, आदी) स्तानकोत्तर तहसम्मको उपलब्ध भएको हुनेछ ।
घ) सबै वालवालिकाहरुले आधारभुत माध्यमिक विद्यालय गएका हुने छन् । आधारभुत तहमा सत प्रतिशत माध्यमिक तहमा ९० प्रतिसत अध्यायन गरेका हुनेछन् ।

खानेपानी :  ८० प्रतिशत नगरवासीले पाइपलाइनबाट तथा बाँकी नागरीकले ट्युवेल प्रयोग गरी आधारभुत तहको स्वच्छ तथा सफा खानेपानीसेवा उपलब्ध गरेका हुनेछ ।

कृषी :  कृषि क्षेत्रलाई उन्नत मल विउ र प्रविधि सहित विकास गर्दै उत्पादन बृद्धि गर्दै लगिने छ । माछा,कुखुराको मासु अण्डा र तरकारीमा आत्मनिर्भर भएको हुनेछ ।
भु–उपयोग योजनाको निर्माण गरी सो कार्यन्वयन व्यवस्थापन ऐन वनाई लागू गरिने छ ।

भौतिक पुर्वाधार :
सडक : क) विद्यमान रहेका सडकहरुको स्तर उन्नती गर्दै युटिलिटी कोरीडर सहितको सडक निर्माण गरिनेछ ।
ख) नयाँ निर्माण हुने सडकमा ड्रेन युटीलीटी करीडोर सहितको हुनेछ । भईरहेको सडकको चौबाटोमा ट्राफिक लाइट, आकासे पुल,जमिनमुनीमा सब–वे निर्माण गरिनेछ ।
ग) सबै सडकमा ५ वर्ष भित्र उच्चस्तरिय ग्राभेल गरी सवै सडकको स्तरउन्नती भएको हुनेछ ।
घ) ५ बर्षमा १२५ कि.मी. सडक कालो पत्र तथा पेवर्स लगाएको हुनेछ । २५ कि.मी. पेवर्स तथा १०० कि.मि. कालो पत्र हुने छ ।
ङ) ३ वटा झोलुङ्गे पुल र ४० वटा थप कल्भर्ट पुल निर्माण गरिने छ ।
च) ५ वर्ष भित्र सवै घरमा विद्युत सेवा पुर्याएको हुने छ ।
छ) अदुवा खोला घाघरा खोला, देउनिया खोला कोरिडोर निर्माण गर्न दुई वर्ष भित्रमा अध्ययन सम्पन्न गरि म्एच् तयार गरी सम्वन्धित निकायमा प्रस्ताव पेश गरिनेछ ।
ज) सतह नाला सहितको शहरी बिकास गुरुयोजना निर्माण गरिने छ ।
झ) नगरपालिकाको नाममा रहेको बुधवारे बजारमा बहुतले पार्किङ्ग सहितको सुविधा सम्पन्न भवन निर्माण गरिने छ ।
ञ) वडा ७, ८,९ र १०, मा प्राथमिकताको आधारमा भौतिक पुर्वाधार सम्पन्न नमुना बस्ती निर्माण गरिनेछ । साथै उपयुक्त वासस्थान Land polling project लागु गरिने छ ।
ट) स्थानिय वजार सञ्चालन व्यवस्थापनको लागि कानुनी संरचना निर्माण गरिने छ । भईरहेको कृषि थोक वजार लाई व्यवस्थित गर्दै लगिने छ । बैकल्पीक कृर्षि वजारको अध्यायन गरिने छ ।
ठ ) यातायात व्यवस्थापन ऐन निर्माण गरिने छ ।
ड) डोमाालाल रंगशालालाई प्याराफिट सहित सुविधा सम्पन्न रुपमा विकास गरिने छ।
ढ) अन्य खेल मैदानहरुलाई पनि व्यवस्थित गर्दै लगिने छ ।

औद्योगिक विकास :
क) वडा नम्बर २ को गोकुल जोशी मार्ग दक्षिण भागलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्दै लगिने छ ।
औद्योगिक क्षेत्रको पुर्वाधार विकासमा जोड दिइनेछ ।
ख) नयाँ उद्योग स्थापना सञ्चालनमा उपयुक्त कानुनी संरचना निर्माण गरिने छ ।
ग) उद्योगलाई प्रदुषण न्युन गर्न लगाई वातावरण मैत्री वनाइने छ ।

पर्यटन :
क) बिराटपोखर वडा नं. ३, हरियाली सामुदायिक वन वडा नं ६, राम चोक सामुदायीक वन वडा नं. २, बाह्रदशी पोखरी वडा नं. २, सदु पोखरी, मधु पोखरी र तेलकानी पोखरी वडा नं. १०लाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दै लगिने छ । विर्तामोडमा फुर्सदको समय व्यातित गर्ने उपयुक्त पार्कको व्यवस्था गरिने छ ।
ख) साङ्गवेद शिवालय वडा नम्बर २ र वडा नम्बर ८ को गरामनी शक्तिपिठलाई धार्मीक, पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।
ग) बिर्तामोड १ मा रहेको झापा नाट्य घरलाई बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालय सहित विकास गर्दै लगिने छ ।
घ) बिर्तामोड १को धिमाल बस्ती पाथिभरा धार्मीक पर्यटक स्थललाई विकास गरिने छ ।
ङ) सहिद नेत्रपार्कलाई पुर्वकै मुख्य पर्यटकीय स्थलको रुपमा पहिचान गरिने छ ।

वन जंगल :
क) भईरहेका वन जंगललाई संरक्षण गरिनेछ । शहरी वन विकास कार्यलाई जोड दिँदै हरित नगर निर्णय गरिने छ ।
ख) सडक,पेटी,नदी,किनार र खुला क्षेत्रमा वृक्षारोपण गरी हरीयाली प्रवद्र्धन गरीने छ ।
व्यापार व्यवसाय
बिर्तामोड नगरपालिकालाई पुर्वकै व्यपारिक केन्द्र विन्दुको रुपमा विकास गरिनेछ । वडा नं. १,३,४,५र ६ लाई व्यापारीक केन्द्रको रुपमा विस्तार गरिनेछ । भइरहेका गरामनी बजार, सैनिक बजार, चैतुबारी बजार र बेलडाँगी बजारलाई व्यवस्थित र बिकसीत गर्दै लगिनेछ ।
क) व्यापार तथा व्यापारीहरुको सुरक्षा प्रत्याभुती गरिने छ । व्यापार व्यवसायलाई चौविसै घण्टा सञ्चालन हुने वातावरण तयार गरिने छ ।
ख) दलिय सहभागिताको आधारमा बन्दमुक्त बिर्तामोड निर्माण गरिने छ ।
ग) व्यापार व्यवसायका लागि बाहिरबाट आउने व्यपारीहरुको अभिलेख राख्ने व्यवस्था गरिने छ ।
घ) भारतिय नागरिकहरुले व्यापार व्यवसाय गर्नुपरेमा नगरपालिकामा अनुमती लिने व्यवस्था मिलाइने छ ।

Vision :       “उद्योग, ब्यापार,स्वास्थ्य, शिक्षा, कृषि, र रोजगारको अभिवृद्धि
विर्तामोड नगरको, विकास र सुशासन सहितको समृद्धि”

Mission : बिर्तामोड नगरपालिकाको उद्योग, ब्यापार क्षेत्रलाइ पहिलो स्वास्थ्य र शिक्षा क्षेत्रलाई दोस्रो कृषि क्षेत्रलाई तेस्रो प्राथमिकतामा राखी श्रोत साधन परीचालन गर्दै रोजगार सृजना र गरीवी न्यूनिकरणका साथै नगरको सुशासन सहित समृद्धी तर्फ अगाडी वढ्न मुख्य मार्ग दिशा हुनेछ ।

Goal :
आगामी २० वर्षमा : 
मानव विकासका तिन वटै सुचाङ्कमा वृद्धि गर्दै आगामी २० वर्षमा विर्तामोड नगरपालिका नेपालको मानव विकास सुचाङ्कमा शिर्ष पाँच स्थानमा रहेको नगरपालिका हुनेछ ।

आगामी ५ वर्षमा :
विर्तामोड बासीहरुको, स्वास्थ्य, शिक्षा, आय र जिवनस्तरमा गुणात्मक सुधार भई निरपेक्ष गरीवी ५ प्रतिशतमा झरेको हुनेछ ।
उदेश्यहरु
१) विर्तामोड नगरलाई पुर्वकै औद्योगिक तथा व्यापारिक हबको रुपमा स्थापित गर्ने ।
२) नगरभित्र औद्योगिक, व्यवसायिक र कृषिजन्य वस्तु तथा सेवाको उत्पादन अभिबृद्दी गर्दै वस्तु तथा सेवा निर्यात गर्न जोड दिईने ।
३) माध्यमीक तहमा व्यावहारीक, सिपमुलक प्रविधीमैत्री र वालमैत्री तथा निशुल्क पठन पाठन गरी शिक्षाको विकास गर्ने ।
४) नगरवासीहरुलाई निशुल्क गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रप्ती हुने सुनिश्चतता गर्ने ।
५) वालमैत्री स्थानिय शासन, वातावरण मैत्री स्थानिय शासन र प्रविधी मैत्री स्थानिय शासनको, अवधारणालाई पुर्णरुपमा कार्यन्वयन गर्ने ।
६) सीपमुलक,आयमुलक तथा रोजगारमुलक तालिम, प्रविधी र उद्यमको विकास गरी युवा रोजगारीको सृजना गर्ने ।
७) सवै खेतियोग्य जमिनहरुमा सिचाई सुविधा  पुर्याई उत्पादनमा वृद्धी गर्ने ।
८) तरकारी अण्डा, दुध, माछा र कुखुराको मासुमा नगर पुर्णत आत्मनिर्भर भई निर्यात प्रवर्धन गर्ने ।
९) स्वच्छ खानेपानी, शौचालय, पहुँचमा सबै नगरबासीलाई पुर्याई पुर्ण सरसफाई युक्त टोल, वडा र नगरको प्रवर्धन र विकास गरी युवाहरुमा शारीरिक, मानसीक तथा बौद्धीक विकास गर्ने ।
१०) खेलकुद, संगीत तथा कला साहित्यको प्रवर्धन र विकास गरी युवाहरुमा शारीरिक, मानसिक तथा वौद्धीक विकास गर्ने ।
११) नगर तथा वडाको सेवा प्रवाहलाई पारदर्शी, जवाफदेहि गुणस्तरीय र छिटो छरितो बनाउँदै सुशासन अभिबृद्धी गर्ने ।
१२ ) नगरपालिकाको श्रोत साघन तथा अधिकारको अधिक्तम परीचालन र विस्तार गर्दै आन्तरीक राजस्व अभिवृद्धी गर्ने ।
१३) लैंगिक उत्तरदायि बजेटको अवधारणा आत्मसात गर्दै महिला तथा बालबालिकाहरुको जिविकोपार्जन शशक्तिकरण, आवाज शशक्तिकरण र विभेदजन्य नीति तथा अभ्यासहरुको परिवर्तन गर्न जोड दिईनेछ ।

नगर गौरवका आयोजना :
१. २५ वेड सहितको प्रविधीयुक्त नगर अस्पताल निर्माण गर्ने ।
२. बिर्तामोड वडा नं. ६ वुट्टावारी वाट वडा नं. ७ को प्याकुरेल चोक जोड्ने (६.५ कि.मि.) स्मार्ट रोड निर्माण गर्ने ।
३. वि.न.पा. को नाममा रहेको बुधबारे हटिया स्थलमा वहुतल्ले पार्कीङ्ग सहितको अत्याधुनिक सपिङ्गमल कम्प्लेस निर्माण गर्ने ।
४) ५००० दर्शक क्षमता भएको डोमालाल राजबंशी रंगशाला निर्माण गर्ने ।
५) नगरका सवै वडा तथा टोलहरुमा पाइपलाइन बाट स्वच्छ सफा खानेपानि विस्तार गर्ने ।
७) नगर क्षेत्र भित्रको सबै खेतियोग्य जमिनमा (२५०० हेक्टर) बाह्रै महिना सिचाई सुविधा पु¥याउने ।
८) वडा न. १ देखि वडा न. ३ सम्म जोड्ने गरी अदुवा खोलाको किनारमा रिभर कोरीडर निर्माण गर्ने ।
९) डिजिटल सेवा प्रवाहको लागि स्मार्ट नगर सेवा केन्द्र भवन निर्माण गर्ने ।
१०) बिर्ताबजारमा पार्किङ सहीतको बहुउदेशिय कृषि तथा सामुदायिक भवन निर्माण गरि बजार व्यवस्थापन गर्ने ।
११) बिर्तामोड नगरको १० वटै वडाहरुलाई छुने गरी नगर चक्रपथ निर्माण गरीनेछ ।

योजना निर्माणका लागि नगरप्रमुख पवित्रा महतारा प्रसाईको संयोजकत्वमा समिति गठन गरीएको थियो ।समितिको सदस्यमा वडाध्यक्ष अग्निप्रसाद पाण्डे,किशोर कुमार पौडेल,सुर्यप्रसाद कन्दङ्गवा,कार्यपालिका सदस्य सिता ढुंगाना,यमुना आचार्य र सदस्य सचिवमा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने रहनु भएको थियो ।

गोष्ठी समापन कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले आफुले जानेको कुरालाई कार्यान्वयन गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई निर्देशन दिनु भयो । नीति कार्यक्रम निर्माण गर्ने,टोलका योजना छनोट गर्ने र बजेट निर्माण गर्ने बेलामा आयोजना गरीएको यो गोष्ठी प्रभावकारी बनेको बताउनु भयो । जनप्रतिनिधि र कर्मचारी एक सिक्काको दुई पाटा रहेको भन्दै उहाँले बिर्तामोड नगरको विकासको लागि भेदभाव नराखी काम सुझाव समेत दिनु भयो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर