1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २७ सनिबार

जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्षमा ज्योतिराज राई



झापा । आदिवासी जनजाति चलचित्र बिषयक देशब्यापी अभिमुखीकरण कार्यक्रम बिराटनगरमा बिहिबार सम्पन्न भएको छ ।

चलचित्र बिकास बोर्डको सहकार्य र आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थित भेलाले ज्योतिराज राईको अध्यक्षतामा ९ सदस्या आदिवासी जनजाति चलचित्र महासंघ १ नम्बर प्रदेश समिति गठन गरेको छ । तीन उपाध्यक्षमा भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, दिप नारायण राजवंशी र ध्रुव चौधरी, महासचिव सुमन तामाङ चयन हुनुभएमा दुई सचिव राजु माझी, सुरेन्द्र राज भुजेल र कोषाध्यक्षमा पेशल कुमार सुनुवार रहनु भएको छ ।

अमृत कुमार सुनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईको रहनु भएको थियो । पुर्खाजित राईले संयोजन र केशव राईले स्वगत गर्नुभएको अभिमुखीकरण कार्यक्रमको सञ्चालन दिपनारायण राजवंशीले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न आदिवासी जनजाती संस्थाका अध्यक्ष एवम पदाधिकारी, प्रदेश नम्बर १ का सम्पूर्ण आदिवासी जनजाति चलचित्रकर्मी र पत्रकारहरुको उपस्थित रहेको थियो ।

Comment