1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १४ आइतबार

सहारा नेपालको सहभागितामा झापा गाउँपालिकामा बन्यो विपन्न परिवारका ६०३ वटा घर



झापा । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तर्गत साहारा नेपाल, ह्याविट्याट नेपाल तथा झापा गाउँपालिकाको त्रीपक्षीय साझेदारीमा झापा गाउँपालिकामा छ सय तीनवटा आवास निर्माण भएका छन् ।

गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० मा एकसय ३०, २०२१ मा एकसय १३, २०२१ मै एकसय १५ र २०२२ मा एकसय ७५ वटा घर निर्माण मध्ये केही सम्पन्न भइसकेको र केही निर्माणधिन रहेको आइतवार (आज) झापा गाउँपालिकास्थित कुमरखोदमा आयोजित अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको हो ।

सुरक्षित आवासका लागि पालिका स्तरीय परियोजना सल्लाहकार समितिको समन्वय तथा अन्तरक्रिया कार्यक्रममा सुरक्षित आवास कार्यक्रमका टिम लिडर टीकाप्रसाद कँडेलले घर निर्माण सम्बन्धी तथ्याङ्कको बिवरण प्रस्तुत गर्नुभएको थियो ।

विपन्न बर्गका लागि सुरक्षित, बलियो र प्रयाप्त आवास निर्माण गर्ने सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाको उदेश्य रहेको छ । परियोजनाले गरिबीको रेखामुनि रहेका अति विपन्न, गरिब, घरविहिन, सुकुम्बासी, पिछाडिएका, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका ब्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गर्दै आएको छ । कार्यक्रममा त्रीपक्षीय साझेदारीमा बनेका सुरक्षित आवासका बारेमा समेत जानकारी दिइएको थियो ।

कार्यक्रममा सन २०१९ देखि हालसम्म झापा गाउँपालिकामा ६ सय ३ वटा घर निर्माण भएको टिम लिडर कँडेलले जानकारी गराउनु भएको थियो ।

गाउँपालिका अध्यक्ष जयनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा साहारा नेपालका संरक्षक डिल्लीराम सिटौला, ह्याविट्याट नेपालका सिनियर अप्रेशन मेनेजर रामसिंह दनुवारलगायतले आ-आफ्नो भनाइ प्रस्तुत गरेका थिए भने स्वागत गाउँपालिकाकी उपाध्यक्ष मञ्जुदेबी थपलियाले गरेकी थिइन् ।

कार्यक्रममा ह्याविट्याट नेपालका सिनियर अप्रेशन मेनेजर दनुवारले ह्याविट्याट नेपालले विपन्न आवास निर्माण गर्दा नयाँ-नयाँ कार्यक्रम लिएर आएको बताउनुभयो । अहिले आवाससँगै शौचालय समेत निर्माण गर्ने अभियान लिएको बताउँदै अझै नयाँ केही गर्ने योजना रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा वडा नम्बर १ र ७ वडाध्यक्ष राजकुमार यादव र सखीचन्द्र ठाकुरले विपन्न आवास निर्माण गर्न आफ्नो वडामा अझै धेरै विपन्न भएको बताएका छन् ।

Comment