1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

बिर्तामोडमा खेतमा काम गरेरै मनाइयो राष्ट्रिय धान दिवस



बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले एमालेको जग नै श्रमिक र किसान वर्ग भएको बताउनुभएको छ ।

राष्ट्रिय धान दिवसका अवसरमा उहाँले एमाले किसान र श्रमिक वर्गकै जगबाट बनेको बताउनुभएको हो ।

झापाको बिर्तामोड ९ मा नेकपा एमाले बिर्तामोड नगर कमिटीले आयोजना गरेको धान रोपाईमा सहभागी हुँदै खरेलले नेपालको ठूलो जनसंख्या कृषिमा आधारित रहेको बताउँदै अहिलेको अवस्थामा कृषिमा ठूलो सुधारको आवश्यकता रहेको बताउनुभयो ।

असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै खरेलले नेकपा एमाले किसान सँगै छ भन्ने सन्देश प्रवाह गर्न पनि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

इञ्चार्ज खरेल धान दिवस कार्यक्रममा सहभागी भएर आधा घण्टाजति किसानहरु माझ धान रोप्न सहभागी हुनुभएको थियो ।

बिर्तामोड ९ का किसान हरिप्रसाद सिटौला र पम्फा उप्रेती सिटौलाको खेत बारीमा धान रोपाइ कार्यक्रमको आयोजना गरिएको थियो ।

अबिरल वर्षाका कारण कुनै औपचारिक कार्यक्रम नगरी साझै रोपाईंमा प्रवेश गरेको कार्यक्रममा एक सय जना भन्दा बढि किसान तथा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

किसान सँगको सामिप्यतालाई झनै घनिभूत बनाउन र आपसि सद्भावको बिकास गर्न पनि रोपाइ जात्राको आयोजना गरेर राष्ट्रिय धान दिवस मनाइएको नेकपा एमाले बिर्तामोड नगर इन्चार्ज देवराज कार्कीले बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी झापाको निर्णय अनुसार बिर्तामोड नगर कमिटीले धान दिवस कार्यक्रमको आयोजना गरेको हो ।

सोहि अनुरुप उपयुक्त स्थान छनौट गरेर कार्यक्रमको आयोजना गरिएको बिर्तामोड नगरपालिका वार्ड नं. ९ का वडा अध्यक्ष हरिप्रसाद चौलागाईले बताउनुभयो ।

परम्परा देखि मनाउँदै आइएको चार्डको रुपमा रहेको असार १५ धान रोपेर र दहि चिउरा खाएर मनाइएको उहाँको भनाई थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार हरिचरण शिवाकोटी, झापा इञ्चार्ज खरेल, नगर इन्चार्ज कार्की, जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख गोपाल काफ्ले, बिर्तामोड नगरपालिका वडा नं. ९ का वडाध्यक्ष चौंलागाई, वडा नं. ३ का वडाध्यक्ष मदनकुमार बुढाथोकी सहित दर्जनौं नेता कार्यकर्ताहरुले धान रोप्ने, विउ काड्ने, विउ बोक्ने कार्यमा सहभागिता जनाउनुभएको थियो ।

Comment