नेपाल कुचो संघका साधारण सदस्यहरुलाई सदस्यता प्रणामपत्र वितरण गरिने भएको छ । यहि असार ३२ गते संघले काठमाण्डौंमा एक कार्यक्रमका बिच सदस्यलाई प्रणामपत्र वितरण गर्ने जनाएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने निश्चय भएको संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा संघको राष्ट्रिय महाधिबेशन भदौ ४ मा काठमाण्डौंमा हुंदैछ ।
महाधिवेशनले नयां नेतृत्व चयन गर्ने बताइएको छ ।
सोहि कार्यक्रमको तयारी स्वरुप सदस्यलाई प्रमाणपत्र वितरण गर्न लागिएको उनले जानकारी दिए ।
काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा २०७८ भदौ २० गते दर्ता भएको संघले कात्तिकमा नेपाल उद्योग वाणिज्य महासंघबाट बस्तुगत सदस्यता प्राप्त गरेको थियो ।
बार्षिक ६५ करोड बढीको अम्लिसो बाहिर देशमा निर्यात भएको सरकारी तथ्याङ्क छ । अम्लिसोको उत्पादन बढाउंदै बढ्दो व्यापार घाटा कम गर्न र कृषकको जिवन स्तर उकास्न र यो खेति तर्फ आकर्षित गर्न प्रेरित गर्न पनि संघको स्थापना गिरएको अध्यक्ष कार्की बताउंछन् ।
को को छन् कार्य समितिमा ?
बर्तमान कार्य समितिमा अध्यक्ष राजुकमार कार्की, बरिष्ठ उपाध्यक्ष रणबहादुर श्रेष्ठ, उपाध्यक्ष रबिन्द्र खड्का, महासचिव धनपती पोखरेल, सचिव सुवास बोलखे, कोषाध्यक्षमा रुश्मा खतिवडा सहित ११ जनाको कार्य समिति रहेका छन् ।