1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

बिर्तामोड नगरपालिका वा‍‍. न. ६ बुट्टाबारीबाट वा. न. ८ प्याकुरेल चोक जोड्ने सडक उच्चस्तरीय बन्ने



नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजना र बिर्तामोड नगरपालिका विच २०७७ साल फागुन २१ गते भएको संझौता अनुसार उक्त सडक खण्ड निर्माणका लागि तयार गरीएको विस्तृत परियोजना प्रतिवेदन डिपिआर स्वीकृत गरेसंगै सडक निर्माणको पक्रिया अघि बढाइने भएको हो ।

बैठकले नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजनाबाट प्राप्त द्यष्म म्यअगmभलत र ६२ करोड ९१ लाख ३० हजार ७३ रुपैयाँ मुल्य बराबरको कस्ट स्टीमेट, कार्यालय भौतिक तथा मुल्यसमेतको कन्टीजेन्सी सहित कुल ७६ करोड २७ लाख ५० हजार ६२० रुपैयाँमा अन्तराष्ट्रिय स्तरको वोलपत्र आव्हान गर्ने निर्णय गरेको छ ।

६ हजार २ सय ५८ मिटर लामो उक्त सडक खण्ड अन्तराष्ट्रिय स्तरको बन्ने भएको हो । ७ मिटर चौडाई, त्यसको दुवैपट्टी २÷२ मिटरको पक्की नाला र त्यसमाथि पैदलयात्रुको सहजताका लागि पेवर्स ओच्छ्याउने इन्जिनियर डिल्ली गौतमले जानकारी दिनु भयो ।

यस सडक खण्डमा ६२९ वडा सडक बत्ति राखिने छ भने दायाँ बायाँ १ हजार ३५० वटा विरुवासमेत रोपिने छ । सडकमा २० वटा कल्भर्ट र ८० वटा जेव्राक्रस रहनेछन् । सडकको ठेक्का संझौता भएको मितिले २ वर्ष भित्रमा काम सम्पन्न हुने जनाइएको छ ।

 

 

 

 

Comment