1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १३ सनिबार

धनीपूर्जा वितरणमा समन्वय र सहयोग गर्न राष्ट्रिय भूमिआयोग झापाको आग्रह



बिर्तामोड, २ श्रावण
राष्ट्रिय भूमिआयोग झापाले जिल्लाका भूमिहीन दलित, सुकुम्बासी तथाअव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरणमा समन्वय र सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।
आयोगले जग्गा धनी प्रमाण पूर्जा वितरणको कामलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन विशेष गरी स्थानीय सरकार र राजनीतिक दललाई समन्वय र सहयोगका लागिआग्रह गरेको हो ।सोमबार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमाआयोजित छलफलमा आयोगकाअनुसार जिल्लामा ६० हजार बढी परिवारलाई धनी पूर्जा वितरण गर्न आवश्यक देखिन्छ ।

उनीहरु मध्ये विगतमा गठन भएका सुकुम्बासी समस्या समाधानआयोगले तथ्यांक संकलन गरेका करिब ३५ हजार तथाथप २५ हजार भन्दा बढी नया“ गरी ६० हजार परिवारलाई धनीपूर्जा वितरण गर्नुपर्ने अवस्था रहेको आयोग झापाकाअध्यक्षतिलक पाण्डेले जानकारी दिए ।
पाण्डे नेतृत्वको आयोगले जिल्लामा ६ महिनाको अवधिमा ८३ वटा जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । जसमध्ये २०३४ सालदेखि समस्या देखिएको गौरादहनगरपालिकास्थितमहारानीझोडाका ५० परिवार तथा बुद्धशान्ति गाउ“पालिका २ का ३३ परिवारलाई धनीपूर्जा वितरण गरिएको हो ।

बुद्धशान्तिमा आयोग आफैले सबै प्रक्रिया पुरा गरी मुलुकमै पहिलो पटकअव्यवस्थितबसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको अध्यक्ष पाण्डेले बताए । बुद्धशान्तिमा ५ धुरदेखि १४ कट्ठासम्म जमिनको जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको हो ।
जग्गाधनी प्रमाण पूर्जावितरणमा जिल्लाका स्थानीय सरकारले विशेष चासो राख्नुपर्ने भूमिआयोगको आग्रह छ । भूमिहीनदलित, सुकुम्बासी र अव्यवस्थितबसोबासीकानाममाजारी हुने विभिन्न सूचनाहरु पलिकाले समयमै सबैले जानकारी पाउनेगरी पु¥याईदिनआयोगका सदस्य सचिवदुर्गादास महर्जनले आग्रह गरे ।

सूचना सम्प्रेषण समयमै गर्न सकेको खण्डमा सहीतथ्यांक संकलनहुने तथा सोहीअनुसार धनीपूर्जा वितरणको कामलाई सहजरुपमागर्न सकिने उनको भनाई छ ।
आयोग सदस्य सानुकुमार लामाले भूमिआयोगको कामकर्तव्यबारे नवनिर्वाचितजनप्रतिनिधिले विशेष चासोका साथबुझ्न आवश्यक रहेको बताए । अर्का सदस्यताराप्रसाद सुवेदीले आयोगमाकामको चापनिकै बढेको बताए । उनले कामको चापअनुसार झापामाथपदक्षप्राविधिकजनशक्तिको व्यवस्थापनगर्न जरुरी रहेको औल्याए ।

आयोग सदस्य सनम राजवंशीले आयोगका सूचनापालिकामार्फत सेवाग्राही समक्ष पु¥याउन सूचना संयन्त्रलाई प्रभावकारी बनाउनजिल्लाकापालिकाहरुलाई आग्रहगरिन । छलफलमा राष्ट्रिय भूमिआयोग झापाकाअध्यक्षतिलक पाण्डे, सदस्यहरु ताराप्रसाद सुवेदी, सानुकुमार लामा, सनम राजवंशी र सदस्य सचिवएवं नापीकार्यालय चन्द्रगढीका प्रमुखदुर्गादास महर्जनको सहभागीताथियो ।
तस्बिर ः विनोद पाण्डे

 

Comment