1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

नेपाली संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा स्वामी डा. केशवानन्द गिरी महाराजको जोड



बिर्तामोड । स्वामी डा. केशवानन्द गिरी महाराजले पश्चिमा संस्कृतिका कारण हिन्दु संस्कारहरु पछिल्लो समय ओझेलमा पर्नथालेको बताउनुभएको छ ।

झापाको गरामनीमा आयोजित एक दिने प्रवचन कार्यक्रममा बोल्दै महाराजले संस्कार, सनातन, परम्परा र संस्कृतिका बारेमा प्राय मानिसलाई थाहा नै नभएको बताउनुभयो ।

हिन्दु शब्द आफैमा अहिंसा गर्नु रहेको बताउँदै महाराजले इरानदेखि इन्डोनेसिया सम्म र मंगोल देखि म्यानमार सम्म रहेका हिन्दुहरु अहिले खुम्चिएर बस्नुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले नेपालका धार्मिक संस्थाहरु विश्वले चिनेको तर नेपाली जनताले नबुझेको भन्दै गुनासो गर्नुभयो ।

गौतम बुद्वको जन्मभूमि लुम्बिनीका बारेमा भारतियले राम्रो नराम्रो बताइरहँदा पनि नेपालका नेताले भने त्यस ठाउँको इतिहाँस बुझ्न नचाहेको बताउनुभयो ।

केहि दिन अघि भारतिय प्रधान मन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी जाँदाको उदाहरण दिँदै महाराजले कुन ठाउँमा जाँदा कस्तो आचरण मान्नुपर्ने भन्नेमा अग्रजहरुलाई समेत जानकारी नभएको बताउनुभयो ।

राज्यले धर्म संस्कृतिको जगेर्ना गर्न कुनै तत्परता नदेखाएको भन्दै महाराजले आफ्ना देखका धार्मीक र प्राकृतिक धरोहरको प्रचार गर्न अरुनै आएदिए हुन्थ्यो भन्ने गलत धारणा ब्याप्त हुँदै आएको बताउनुभयो ।

युवाहरुको विदेश पलायनमा राज्यले रोक्नुको साटो झन उर्जा थपेको बताउँदै उहाँले श्रम मन्त्रीको काम नै अन्य देखसँग श्रम सम्झौता गर्दै युवाहरुलाई देख निकाला गर्नु मात्र रहेको तर्क गर्नुभयो ।

आफ्नो परम्परा मान्न लाज मान्ने हिन्दु धर्मावलम्बीहरु पश्चिमा संस्कृतिको भने खुलेर प्रशंसा गर्ने र त्यसलाई मान्न आतुर हुने गरेको उहाँको भनाई थियो ।

नेपाली उत्पादनको प्रयोगसँगै नेपाली संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गरामनी बासीको आयोजनामा दुर्गा शक्तिपिठ मन्दिर अगाडीको भवनमा आयोजित कार्र्यक्रममा सैयौँको संख्यामा मानिसको उपस्थिती रहेको थियो ।

आचार्य प्रवर बिष्णुभक्त भण्डारी, विवेकाश्रम सांगबेद संस्कृत माध्यमिक बिद्यालयका अध्यक्ष आचार्य छन्दुराम भण्डारी, प्राचार्य दामोदर न्यौपाने लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन पंडित मोहन घिमिरेले गर्नुभएको थियो ।

Comment