1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

बिराटपोखर महिला समूहद्वारा ५ दिने महिला क्षमता बृद्वि तथा उद्घोषण तालिम सम्पन्न



बिर्तामोड । बिराटपोखर महिला समूहको आयोजनामा आयोजित ५ दिने महिला क्षमता बृद्वि तथा उद्घोषण तालिमको शनिबार समापन भएको छ ।

साउन १७ गतेबाट सञ्चालन भएको तालिमको शनिबार समापन भएको हो ।

२०७२ सालमा स्थापना भएको बिराटपोखर महिला समूह झापाको बिर्तामोड नगरपालिका वार्ड नम्बर १० मा रहेको छ ।

सानो सानो बचतबाट ठूलो रकम जोहो गर्न सकिन्छ र महिलाको क्षमता बृद्विका लागि सामुहिक प्रयास आवश्यक छ भन्ने ठानेर स्थापना भएको यस समूहले यस अघि पनि बिभिन्न सामाजिक काम गरिसकेको अध्यक्ष कृष्णकुमारी शर्मा प्रसाईले बताउनुभयो ।

सोहि अनुरुप समूहमा आवद्व महिलाहरुलाई बोल्ने बानीको बिकास गराउन र नेतृत्वमा प्रेरित गर्न यो कार्यक्रमको आयोजना गरिएको प्रसाईको भनाई थियो ।

तालिमको सहजिकरण सुर्योदय टेलिभिजनका अच्युत सुबेदी र सञ्चारकर्मी हरिकृष्ण भण्डारीले गर्नुभएको थियो ।

तालिममा समूहका १७ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

यस अघि यो समूहले कोभिड १९ को संक्रमण उच्च रहेका बेला बिभिन्न बिद्यालयमा पुगेर स्वास्थ्य सामाग्री वितरणदेखि किशोरीहरुका लागि स्यानिटरी प्याड बितरण, स्वास्थ्य शिबिरको आयोजना लगायतका कार्यक्रमहरु गरेको समूहका सह–सचिव गिता चापागाईले बताउनुभयो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment