झापा- सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो ५ औं बार्षिक उत्सवको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडको भद्रपुर रोड स्थित आफ्नै कार्यालयमा भएको कार्यक्रममा १ महिलासहित १६ जनाले रक्तदान गरेका छन् । झापामा अहिले भईरहेको रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको बिर्तामोडका ब्रान्च म्यानेजर बिकास श्रेष्ठले बताए । कम्पनिका सहायक महा प्रबन्धक तुलसी पौडेलका साथै अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रेडक्रस झापाको प्रबिधिक सहयोग रहेको थियो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१