1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

न्यू भिजन ग्रुप दक्षिण कोरियाको अध्यक्षमा जीवन शर्मा निर्वाचित



बिर्तामाेड । युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुलनाराका साथ सामाजिक कार्यहरुमा सक्रिय संस्था न्यू भिजन ग्रुप दक्षिण कोरियाको तेस्रो ऐतिहासिक अधिवेशन किम्हे स्थित जिकेएस को हलमा सम्पन्न भएको छ ।

किम्हे बुसान क्षेत्रको विभिन्न संघ संस्थाहरुको प्रतिनिधि साथै NRNA कोरियाको वरिष्ठ उपाध्यक्ष संजिव राई को प्रमुख आथित्यतामा तेस्रो कार्यसमिति चयन भएको छ ।

कार्यक्रमको सभापतित्व संस्थाका कार्यवाहक अध्यक्ष उत्तम लामिछानेले गर्नुभएको थियो । नवनिर्वाचित कार्यसमितिमा जीबन शर्मा अध्यक्ष, तगेन्द्र राई वरिष्ठ उपाध्यक्ष, साजन थापा उपाध्यक्ष, आशिष शाह ठकुरी महासचिव, रमेश श्रेष्ठ सचिव, मोहन अधिकारी कोषाध्यक्ष, प्रकाश गिरि सहकोषाध्यक्ष साथै सदस्यहरुमा दोस्तिहाङ राई, शंकर पौडेल, शुशिल अर्याल सर्वसम्मत चयन भएका छन् ।

साथै रित्त रहेको महिला उपाध्यक्ष, सचिव र सदस्यहरु विधान अनुसार कार्यसमिति बैठकले निर्णय गर्ने र चयन गर्ने नवनिर्वाचित अध्यक्ष जीवन शर्माले जानकारी दिनुभयो ।

नयाँ कार्यसमितिले अझ शसक्तरुपमा नयाँ र रचनात्मक सामाजिक कार्यहरुलाई प्राथामिकता दिने सम्पुर्ण कार्यसमिती सदस्यहरुको अठोट रहेको समेत जानकारी दिनुभयो ।

साथै यस संस्थाले कोरियामा रहेको सम्पुर्ण संस्थाहरुलाई समेत एकीकृत गरि एउटा छाता संगठनको रुपमा काम गर्न सक्ने समेत उपस्थित पधादिकारिहरुले बताउनुभयो ।

Comment