1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ५ शुकर्बार

ईलामको सुर्योदय न.पा.मा मिनि पोस फुटबल प्रतियोगिता सम्पन्न



ईलाम ईलामको सुर्योदय नगरपालिका १ सानो वांगिन भगवती आधारभुत विद्यालयको खेल मैदानमा मिनि पोस फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

सानो वांगिन खेलखुद समितिले आयोजना गरेको प्रतियोगितामा सुनपा, माईजोगमाई र छिमेकी देश भारतका समेत गरि २३ टिमको सहभागीता रहेको थियो ।

खेल गत पौष २४ गते देखि सुरु भएर माग ८ गते समापन भएको हो ।

प्रतियोगितामा बि.एफ.सी.ठूलो वांगिन बिजेता भएको छ भने सी.एस.सी.जोग्माईले दोस्रो स्थान हाँसिल गरेको छ ।

बिजेताले पुरस्कार स्वरुप २५ हजार नगद, ट्रफी र मेडल साथै उपबिजेताले १२ हजार ५ सय नगत, ट्रफी र मेडल पाएका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पान्दमका सनिम राई, सर्वाधिक गोलकर्ता मुस्कान राई घोषित भएका छन् ।

यो प्रतियोगिता सम्पन्न गर्न विभिन्न देश तथा विदेशमा रहनुभएका ब्यक्तिहरुबाट आर्थिक सहयोग प्राप्त भएको थियो भने बिजेतालाई ट्रफी भगवती आवि, उपविजेतालाई ट्रफी राज कुमार थापा, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको लागि गंगा कार्की, मेडलहरु मुकेश कार्की साथै ६ सेट जर्सी सुजन खरेल मार्फत सहयोग प्राप्त भएको समितिका अध्यक्ष प्रकाश कार्किले जानकारी दिनुभयो ।

आगामी वर्षहरुमा पनि गाउँको पर्यटन प्रबद्र्धन र युवाहरुमा खेल प्रतिको आकर्षण बढाउनका लागि यस्ता प्रतियोगिताहरु आयोजना गर्ने पनि उहाँले प्रस्ट पार्नुभयो ।

तर यसरी आयोजना भएको खेलकुद प्रतियोगितालाई स्थानिय सरकारले चासोका रुपमा नहेर्दा खेल सम्पन्न गर्न सकस पर्ने समितिले जानकारी दिएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment