1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

विराट सरोवर बहुउदेश्य विकास समितिको अध्यक्षमा आकाश उप्रेती निर्वाचित



 

बिर्तामोड । विराट सरोवर बहुउदेश्य विकास समितिले बहुमत सदस्यहरुको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरेको छ ।

आकाश उप्रेतीको अध्यक्षतामा १८ सदस्य कार्यसमितिको गठन गरेएको हो ।

धुव्र शिवाकोटीको संयोजकत्वमा ५ सदस्य निर्वाचन आयोगले माघ १४ गते शनिवार निर्वाचनको मिति तोके पनि इन्द्रनारायण प्रसाईको प्यानलले विधान विपरीत सदस्यबाट दिएको उम्मेद्धवारी खारेजीको माग गर्दै निर्वाचन वहिस्कार गरेको थियो ।

उता निर्वाचन समितिको खारेजी र निर्वाचन स्थगितको सुचना टाँस भएपछि स्थानिय आक्रोशित भएका थिए ।

इन्द्रनारायण प्रसाईको प्यानलले विधानबाट वाहिर गएर बैधानिकता नदिई ८० जना सदस्य थप गएको र आफुहरुलाई घेरावन्दीमा पारिएको आरोप लगाउदै स्वच्छ निर्वाचनको माग गरेको छ ।

तर, निर्वाचित अध्यक्ष उप्रेतीले यहाँ ब्यक्ति भन्दा काम ठुलो भएकाले अबको २ महिनामा विराट सरोवर क्षेत्रलाई झापाकै परिचत पर्यटकिय क्षेत्रका रुपमा स्थापित गर्ने बताउनु भयो ।

उहाँले विराट सरोवर क्षेत्रलाई फोहोर मुक्त राख्न, विभिन्न सरसफाई अभियान, बोटविरुवा संरक्षणका साथै दुर्ब्यसनीमा संम्लगनहरुलाई नियन्त्रण गर्न पुर्याएको भुमिकाका कारणले मतदाताले आफुलाई रोजेको स्थानिय मतदाता विनोद उप्रेतीले बताउनुभयो ।

आकाश उप्रेतीले ७० प्रतिशत मतदाताले मतदान गरि आफुलाई जिताएको दाबी गर्नुभयाे ।

 

Comment