1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

बिर्तामोड ८ द्वारा १५ जना युवालाई सिपविकास तालिम प्रदान



बिर्तामोड । झापाको बिर्तामोड ८ मा सञ्चालित ३ महिने सिप बिकास तालिमको आइतबार एक समारोहका समापन गरिएको छ ।

सिप बिकास तालिम केन्द्र भद्रपुर झापा र बिर्तामोड नगरपालिका वडा नम्बर ८ को संयुक्त आयोजनामा तालिम गराइएको थियो ।

८ नम्बर वडाका १५ जना युवा तथा लक्षित वर्गाको सहभागिता रहेको तालिममा वायरिङ, बिद्युत जडान, ट्रान्सफर्मर जडान, मर्मत लगायतमा तालिम प्रदान गरिएको प्रशिक्षक चेतन संग्रौलाले जानकारी दिनुभयो ।

असोज २७ गतेबाट सञ्चालन भएको तालिम समापन समारोहका अध्यक्ष बिर्तामोड ८ का वडाअध्यक्ष अजय कार्कीले प्रशिक्षार्थीलाई तालिम लिएर प्रमाणपत्र बाकसमा राख्नु भन्दा पनि सिकेको सिप व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

तालिम केन्द्रका अधिकृत बिनोद न्यौपानेको प्रमुख आतिथ्यतामा समापन समारोह आयोजना गरिएको थियो ।

करिव २ लाख अनुमानित लागतमा आयोजना गरिएको तालिम वडा नम्बर ८ को सामुदायीक भवनमा सञ्चालन गरिएको थियो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment