1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा बिस्फोट हुँदा एक जनाको मृत्यु



झापा । झापाको बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष कृष्ण अबिरल खरेलले सञ्चालन गर्नुभएको उद्योगमा बिस्फोट भएको हो ।

लोक्ता भरिएको भाँडोमा आगो बलिरहेको अवस्थामा बिस्फोट हुँदा त्यहिँ काम गर्ने कर्मचारी खोटाङ निवासी सरोज सुन्दासको मृत्यु भएको खरेलले बताउनुभयो ।

बिस्फोटबाट खरेलका दाजु लक्ष्मीप्रसाद र श्रीप्रसाद घाइते हुनुभएको र उहाँहरुको बिर्तासिटी अस्पतालमा उपचार भैरहेको खरेलले बताउनुभयो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment