इलाम । न्यु भिजन ग्रुप दक्षिण कोरियाले इलामको सुर्योदय नगरपालिका १ सानोवांगिन स्थित भगवति आधारभुत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
“युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको यस ग्रुपले छुसकमा आयोजना गरेको डान्स पार्टिको उद्देश्य अनुरुप पहिलो चरणको सहयोग वितरण गरेको हो ।
आईतबार प्रजातन्त्र दिवसको अवसर पारेर एक विशेष कार्यक्रम गरि उक्त विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई झोला, जमेट्री बक्स, पेन्सिल सेट, कापी, रंगपेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुर्योदयनगरपालिका १ का वडा सदस्य रोशन बुढाथोकी रहनुभएको थियो ।
संस्थाका तर्फबाट महासचिव आशिष शाहका बुबा राजेनकुमार शाहको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पुर्व प्रधानअध्यापक यामबहादुर शाह, भोज बहादुर कटुवाल लगायत समाजसेवी बुद्दिजिविहरु साथै अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।
विद्यालयका प्रधानअध्यापक निर्मल कटुवालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संञ्चालन राम तामाङले गर्नुभएको थियो ।
न्यू भिजन ग्रुपको पहिलो चरणको कार्यक्रम सम्पन्न भए पनि यस्तै अन्य २ जिल्लाहरुमा पनि शैक्षिक सामाग्री वितरण गर्न लागिएको संस्थाका अध्यक्ष जीवन शर्माले जानकारी दिनुभयो ।