झापा । झापा बिर्तामोडका त्रिलोचन भट्टराई र कमला बिष्ट भट्टराईले आफ्ना छोराछोरीको जन्मदिन बालबालिकासँग मनाएका छन् ।
छोरा गौरब र छोरी यारीका भट्टराइको जन्मदिन उनीहरुले अर्जुनधारा – ११ मा रहेको मनमाया आमा बालगृहमा मनाएका हुन् ।
छोरा र छोरीको जन्मदिनको अवसर पारेर मंगलबार उनीहरुले बालगृहमा रहेका १८ जना बालबालिकालाई एक छाक खाना खुवाएर स्टिल दराज समेत प्रदान गरेका छन् ।
केक काट्ने लगायतका फजुल खर्च गरेर भन्दा बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा बालगृहका बालबालिकाहरुलाई आवश्यक सामग्री राख्न छ कोठा भएको स्टिल दराज प्रदान गरेर जन्म दिन मनाउँदा नानीबाबुहरुमा पनि सकारात्मक सन्देश जाने भएर यसो गरिएको त्रिलोचनले बताए ।
उनले समस्या भएका बालबालिका, वृद्ध, असहायहरुलाई सहयोग गरि मनाउँदा खुसी लागेको बताए ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१