1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव स्थलमा हात्तीपाइले विरुद्धको औषधि सेवन



झापा । झापा सहित देश भरका १५ जिल्लामा बिहीवारबाट हात्तीपाईले रोग विरुद्धको औषधि सेवन शुरु भएको छ ।

अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रम सहित औषधि सेवन शुर गरेका छन् ।

अभियानलाई सफल बनाउन बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव परिसरमा नै औषधि खुवाउन शुरु गरेको छ ।

बिहीवार पहिलो दिन नै एक सय १७ जना भन्दा धेरैले औषधि सेवन गरेको अनारमनी स्वास्थ्य शाखाका अहेव ख्याम प्रसाद कडरियाले जानकारी दिनुभयो ।

बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिव राजु गौतमले औषधि सेवन गरेर उद्घाटन गरिएको कार्यक्रममा महोत्सवमा सहभागीले उत्साहित हुँदै औषधि सेवन गरेको बताइएको छ ।

पहिलो दिन भएपनि औषधि खान जनसाधारण उत्साहित हुँदै औषधि सेवन गरेको अर्का अहेव छवि ढुङ्गानाले बताउनुभयो ।

महोत्सवमा सहभागी मध्ये धेरैलाई औषधि सेवन गराउने लक्ष्य रहेको र शुक्रवारबाट साँझ सात बजेसम्म महोत्सव स्थलमा वसेर औषधि सेवन गराउने तयारी गरिएको अहेव ढुङ्गानाले बताउनुभयो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment