झापा । आई. एम. ई.लाइफ इन्स्योरेन्स कम्पनि लि. ले बृद्ध बृद्धाहरुलाई झुल तथा खाद्यान्न सामाग्री बितरण गरेको छ ।
आफ्नो छैटौं बार्षिक उत्सवका अवसरमा बिर्तामोड,भद्रपुर, काकरभिट्टा र शुरुङ्गा शाखाका कर्मचारि र एजेन्सिहरुको उपस्थितिमा कम्पनिले बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सन्चालित हाम्रो साझा घरमा रहनुभएका ४० जनाभन्दा बढि बृद्ध बृद्धाहरुलाई सामाग्री बितरण गरेको हो ।
साउन १५ गतेदेखि भदौ १ गतेसम्म विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गरि छैटौं बार्षिक उत्सव मनाउने योजनाका साथ कम्पनिले देशव्यापी रुपमा प्रत्येक शाखाले विभिन्न स्थानमा यस्ता कार्यहरु गरिरहेको र यसलाइ निरन्तरता दिने कम्पनिका प्रदेश प्रमुख मिलन दाहालले बताउनुभयो ।
कार्यक्रमका बिच मानव जिवन ब्यक्तिगत कमाईले मात्र सन्तुष्ट नहुने र विभिन्न सामाजिक परोपकार कार्यमा सहभागी भई मानव जीवन अगाडि बढ्ने बताउँदै हाम्रो साझा घरका सस्थापक सचिव हरि सिटौलाले बर्तमान परिस्थितिमा आई.एम.ई.लाइफले आफ्ना सकारात्मक गतिबिधिहरु यसरी नै अगाडि बढाओस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा हाम्रो साझा घरका अध्यक्ष बिक्रम माधेन, स्वयं सेवक डाक्टर हिरा बहादुर श्रेष्ठ, डाक्टर ईश्वर निरौला, कार्यालय सचिव बेनुप्रसाद भट्टराई साथै कम्पनिका भद्रपुर शाखा प्रमुख केशब कुमार पौडेल, काकरभिट्टा शाखा प्रमुख भिम अधिकारी, बिर्तामोड शाखाका कर्मचारी बिनिशा खतिवडा, अस्मिता न्यौपाने, चिफ एजेन्सि म्यानेजर नगेन्द्र कुमार श्रेष्ठ, आङ्तेम्बा शेर्पा, मिना गुरुङ श्रेष्ठ, सिनियर एजेन्सि म्यानेजर हरिकुमार पुरी, ईवन लुईटेल लगायत १०० जनाभन्दा बढिको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन बिर्तामोड शाखाका शाखा प्रमुख महेन्द्र तिम्सिनाले गर्नुभएको थियो।