1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ चैत्र ८ आइतबार

जन्म दिन मनाउने शैली फेरिएसँगै फेरियो उपहारको किसिम पनि



झापा । पछिल्लो समय मानिसले जन्म दिन फरक तरिकाले मनाउन थालेका छन् ।

जन्म दिन मनाउने शैली त फरक भयो नै यस्ता शुभ कार्यमा दिइने उपहार समेत समय सापेक्ष बन्दै गएको छ ।

आफू जान्ने बुझ्ने भएर मनाएको जन्मदिन सामाजिक बन्ने गरेको छ भने उपहार पनि नगद नभएर जीवन उपयोगी हुन थालेको छ ।

त्यस्तै, झापा भद्रपुर नगरपालिका ७ का आयन्स गिरिले आफ्नो पहिलो जन्म दिनमा १० लाखको बिमा पोलिसी उपहार पाएका छन् ।

उनका बाबू आमाले उनलाइ आईएमई लाईफ इनस्योरेन्स कम्पनि भद्रपुर शाखाबाट गराएको बिमा पोलिसी उपहार दिएका हुन्।

आमा पवित्रा गिरी र बुबा लोकनाथ गिरीले छोरा आयन्स गिरीलाई उनको भबिस्य उज्वल बनोस भन्ने कामना सहित बालउज्वल जीवनबीमा गरेर पोलिसी उपहार दिएको बताउनुभयो ।

बिमा गर्दा बचत गर्ने बानिको बिकास हुने सँगै बिमा कम्पनिले जोखिम पनि बहन गरिदिने हुँदा पछिल्लो समय जन्म दिन, बिवाह, बैवाहिक वर्षगाँठ मात्र हैन न्वारनमा समेत उपहारको रुपमा बिमा गरिदिने चलन बढेको आईएमई लाईफ इनस्योरेन्स कम्पनि भद्रपुर शाखाका शाखा प्रमुख केशबकुमार पौडेलले बताउनुभयो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर