1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ चैत्र २८ शुकर्बार

एसिया कप खेल्न जाने राष्ट्रिय क्रिकेट टाेलीलाई राष्ट्रपति पौडेलकाे शुभकामना



काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायतलाई बोलाएर राष्ट्रपति पौडेलले आज मङ्गलवार जितको शुभकामना दिनुभएको हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल, नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिने राष्ट्रपति पौडेलको भनाइ छ ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टिमका लागि थप उत्साहको विषय भएको भन्दै उहाँले सफलताको हार्दिक शुभकामना दिनुभएको हो ।

नेपाली टोली आज राति १ बजे पाकिस्तान प्रस्थान गर्दैछ । एसिया कप अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिख अर्थात् भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा हुँदैछ । एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । नेपालले भदौ १३ गते पाकिस्तान र भदौ १८ गते भारतसँग खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

नेपालले एसिया कपको लागि रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरिसकेको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment