भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुगेको छ । बुधवार बिहान निर्माणाधीन रेल्वे पुल भत्किँदा अहिलेसम्म ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुगेकाे छ ।
मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरु सबै घटनास्थलमा काम गर्ने कामदार रहेका बताइएको छ । मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।
पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिनुकासाथै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ब्रिक्स शिखर सम्मेलनका क्रममा घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१