काठमाण्डौ – नेपाल एसिया कप खेल्ने आठौँ टोली बन्ने भएको छ । नेपालले एसिया कपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ ।
मुल्तानमा दिउँसो सवा ३ बजे शुरु हुने पाकिस्तानसँगको खेलसँगै नेपाल एसिया कप खेल्ने आठौँ टोली बन्नेछ ।
भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि एसिया कप खेल्ने नेपाल आठौँ टोली बन्नेछ ।
एसोसिएट टोलीमा नेपाल हङकङ र युएईपछि तेस्रो टोली बन्नेछ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आफ्ना टोलीलाई विश्वकप अघि तयारीको लागि एसिया कप आयोजना गर्दै आएको छ ।
यस पटक आउँदो अक्टोबर/नोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप हुँदैछ ।
अन्तिम अपडेट: भदौ १३, २०८०