1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ चैत्र २८ शुकर्बार

लिबियामा २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीको अनुमान



लिबियामा :बाढीका कारण २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीले आशङ्का गरेका छन् ।

लिबियाको डेर्ना सहरका मेयरले अचानक आएको बाढीका कारण झन्डै २० हजार जना मानिसको ज्यान गएको अनुमान गरेकाे बताउनुभएको बीबीसीले जनाएको छ । अहिलेसम्म पाँच हजार पाँच सय जनाको शव भेटिएको छ ।

गएको आइतवार आएको विनाशकारी बाढीले देशको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बन्दरगाह सहर डेर्नाका मेयरले साउदी न्युज च्यानल अल–अरेबियालाई दुई वटा बाँध भत्किएर आएको बाढीमा झन्डै १८ देखि २० हजार मानिसको ज्यान गएको अनुमान गरेकाे बताउनुभएको खबरमा उल्लेख छ ।

मानिसहरू सुतिरहेको समयमा सुनामी जस्तै गरेर ठूलाे बाढी आएको थियो । धेरै शव अझै पनि भग्नावशेषमुनि वा समुद्रमा पुरिएका छन् । यसका कारण रोग सर्ने जोखिम बढेको छ ।

यसैबीच लिबियाका धेरै छिमेकीले उद्धार टोली र मानवीय सहायता सामग्री पठाउन थालेका छन् । लिबियाका बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र सङ्घले तत्काल एक करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment