1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

बिर्तामोडमै चार्टर्ड एकाउटेन्ट सम्बन्धि अध्यापन



झापा । झापाको बिर्तामोडमा सञ्चालित पिके फाइनान्सियल एकेडेमी प्रा.लि. ले चार्टर्ड एकाउटेन्ट अध्यापन गराउँदै आएको छ ।

पिकेले बिर्तामोडमा चार्टर्ड एकाउन्टेन्ट ( सिए ) र एशोसियसन अफ चार्टर्ड सर्टिफाइट एकाउन्टेन्ट  (एसीसीए ) सम्बन्धी विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएको हो ।

एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीले वित्तिय परिक्षण, अनुसन्धान, लेखा आउटसोर्सिङ प्रत्यक्ष तथा अप्रत्यक्ष कर, स्थिर सम्पत्ति प्रमाणीकरण विदेशी विनिमय व्यवस्थापन कार्य साथै अन्य वित्तिय व्यवस्थापन कार्यहरू गर्न सक्ने बताईएको छ ।

दुई वर्ष अघि स्थापना भएको एकेडेमीले एक वर्ष अघिदेखि विद्यार्थीहरूलाई अध्ययन गराउन थालेको प्रालिका अध्यक्ष गंगाराम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार एसीसीए कोर्ष अन्तरगत तीनवटा समूहमा अध्ययन गराएर १३ वटा विषय मध्ये ४ वटा विषय ३० जना विद्यार्थीले पास गरेका छन् ।

एकेडेमीले नयाँ विद्यार्थीलाई दशैँ अघि अभिमुखीकरण शिक्षा दिएर दशैँ सकिना साथ कक्षा सञ्चालन गर्ने बताइएको छ ।

प्रालिका प्रबन्ध निर्देशक प्रज्वल अधिकारीले एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका १ सय ८१ वटा देशमा गएर एसीसीए विषय सम्बन्धी अध्ययन गर्न पाउने अनुमति आइक्यानले प्रदान गरेको बताउनुभयो ।

पिके एकेडेमी बिर्तामोडमा सञ्चालन भएसँगै सिए तथा एसीसीए अध्ययनका लागि विदेश तथा काठमाडौं जानुपर्ने विद्यार्थीका लागि झन्झट कम  हुँदै गएको अधिकारीले बताउनुभयो ।

पिके एकेडेमी पूर्वी नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न चार्टर्ड  एकाउन्टेन्टहरू मिलेर सञ्चालन गरेको शैक्षिक संस्था भएको अध्यक्ष बस्नेतले बताउनुभयो ।  संस्थाको मुख्य उद्देश्य  एसीसीएको क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्ने विद्यार्थीहरूको लागि पायक पर्ने स्थान बिर्तामोडमा सेवा प्रदान गर्दै आएको छ ।

 

Comment