झापा, १९ फागुन । उप्रेती समाज सेवा समिति क्षेत्र नं. २ झापाले नयाँ नेतृत्व पाएको छ ।
आकास उप्रेतीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा राजु उप्रेती सचिवमा कृष्ण प्रसाद उप्रेती, सह सचिवमा बिनोद उप्रेती, कोषाध्यक्षमा पुण्यप्रसाद उप्रेती र सदस्यहरुमा लक्ष्मीप्रसाद उप्रेती, राजेस उप्रेती,गोबिन्द उप्रेती, शान्ता उप्रेती र कृष्ण उप्रेती (कमल) रहनुभएको छ ।
बाँकि ३ जना अर्जुनधारा क्षेत्रबाट चयन गरिने समितिका जिल्ला उपाध्यक्ष कृष्णप्रसाद उप्रेतीले बताउनुभयो ।
शनिबार झापा जिल्ला कार्यसमितिको भेलाले क्षेत्र नं. २ समिति निर्माण गरेको हो ।
जिल्ला समितिका उपाध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षता तथा जिल्ल सल्लाहकार समिति सदस्य दुर्गाप्रसाद उप्रतीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्लाका सचिव चन्द्रमोहन उप्रेती, सदस्य शेडामणि उप्रेती लगायतको उपस्थिती रहेको थियो ।