1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ असार १३ बुधबार

रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनौट प्रकिया सुरु



इलाम ।  रोङ प्रतिभाको खोजी अन्तरगत रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनौट प्रकिया सुरु भएको छ ।

इलामको रोङ गाँउपालिका भित्र रहेकाका प्रतिभाहरुको खोजी र पहिचान गर्ने उद्येश्यले गाँउपालिकाले गायन, नृत्य र कविता विधामा जेठ २७ गते आइतबारबाट रोङ गाँउपालिका वडा नं. ६ को वडा कार्यालयबाट प्रारम्भिक चरणको छनौट प्रकिया सुरु गरेकोे हो ।

रोङ प्रतिभाको खोजी निर्देशक समितिको आयोजना, रोङ गाँउपालिकाको आर्थीक सहयोग र रोङ विद्यार्थी एकता समितिको सह आयोजनामा सुरु भएको यस कार्यक्रमको प्रारम्भिक चरणको छनौट प्रकिया ४ दिन रहने आयोजक समितिले जनाएको छ ।

जेठ २७ गते वडा नं. ६ को वडा कार्यालय, जेठ २८ गते वडा नं. ४ र ५ को वडा कार्यालय, जेठ २९ गते वडा नं. ३ को वडा कार्यालय र जेठ ३० गते वडा नं. १ र २ को वडा कार्यालयमा कार्यक्रम सम्पन्न हुने छ ।

फारम वितरणको आधारमा गाँउपालिका भरि फारम भर्नेको संख्या करिब ३ सय भन्दा बढी रहेको छ ।

पहिलो दिनको उत्साहजनक उपस्थिति संख्या हेर्दा कार्यक्रम सोचेअनुरुप भव्यरुपमा सम्पन्न हुने आयोजक समितिको अनुमान छ ।

कार्यक्रममा गायन विधामा  करिब एकसय १२ , नृत्य विधामा करिब एकसय ५७ र कविता विधामा करिब ३९ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको छ ।

यसैगरि प्रारम्भिक चरणपश्चात पहिलो चरणको प्रतिस्पर्धात्मक कार्यक्रम त्यस्तै दोस्रो चरणको प्रतिस्पर्धात्मक कार्यक्रम र तेस्रो चरणको प्रतिस्पर्धात्मक अर्थात फाइनल कार्यक्रम रहने छ भने यस चरणहरुकोे तालिका छिट्टै प्रकाशन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न चरणको छनौट प्रक्रियाका लागि आयोजकद्धारा प्रत्येक विधाबाट २ जना गरी जम्मा ६ जना निर्णायकहरुको व्यवस्था गरिएको छ ।

यसैगरि अन्तिम चरणमा गायन, नृत्य र कविता तीनवटै विधामा प्रथम, द्धितीय र तृतिय हुने प्रतिभाहरुलाइ पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने र सोही क्षेत्रमा केही नयाँ अवसर दिने साथै रोङको त्त त्त विधाका विशिष्ट प्रतिभाको रुपमा सम्मान गरिने आयोजक समितिले जनाएको छ ।

Comment