झापा । नेपाल र श्रीलंकाबीच तय ट्वान्टी २० विश्वकपको खेल वर्षाका कारण रद्ध भएको छ ।
अमेरिकाको फ्लोरिडामा हुने खेलमा अत्याधिक वर्षा भएपछि अम्पायरले खेल रद्ध गरेका हुन् ।
दुबै टोलीले समान एक अंक पाएका छन् ।
श्रीलंका तीन खेलबाट १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरियो ।
दोस्रो खेलमा एक अंक जोडेको नेपालको सम्भावना कायम छ ।