1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

भत्कियो हुलाकी राजमार्ग



झापा । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले हुलाकी राजमार्ग भत्काएको छ ।

झापा गाउँपालिका वडा नं ५ पन्थापाडाको बिरिङ पुल नजिकै राजमार्गमा बाढीले क्षति पुर्याएको हो ।

बिरिङ खोलाको पुलबाट १५० मिटर पश्चिम तर्फ राजमार्गको ४० प्रतिशत हुलाकी भत्केको स्थानीयले जानकारी दिएका छन् ।

निरन्तर वर्षा भईरहेको खण्डमा पुर्ण रुपमा सडक भत्किएर आवतजावत गर्न हुलाकी मार्ग अवरुद्ध हुने सम्भावना रहेको बताइएको छ ।

Comment