झापा । झापाको बिर्तामोडमा जंगली हात्तीले १ लाख ३० हजार भन्दाबढीकोे क्षती गरेको छ।
गए राती अन्दाजी १ बजे आएको हात्तीले बिर्तामोड नगरपालिका–७ बाह्ररघरेस्थित विभिन्न व्यक्तीको घरमा क्षती गरेको हो ।
जंगली हात्तीले भवानी सुनुवारको पक्की घेराबारा र टिनको छानो भएको १ तले घरको पश्चिम उत्तर तर्फको पर्खाल भत्काएको छ । त्यहाँ अन्दाजी १ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।
त्यस्तै राम पौडिया सतारको टांटी घेराबारा र टिनको छानो भएको १ तले घरको दक्षिण तर्फ भत्काउदा अन्दाजी ३० हजार बराबरको क्षति भएको छ ।
सोहि स्थानका सौदा खातुनको टिनको गुम्टी अगाडीको ढोका भत्काएको र अन्दाजी २ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१